हेडलाईनसमाचारगण्डकी

मनाङमा यार्सागुम्बा खोज्न गएका एक  युवकको भिरबाट लडेर मृत्यु

• विजय अधिकारी (प्रहार संवाददाता) २० बैशाख २०८२ शनिवार । मनाङमा यार्सागुम्बा संकलनका लागि गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिकाका वडा नम्बर-१,बस्ने ३२ वर्षका आकाश तामाङ रहेको मनाङ प्रहरीले जनाएको छ । 


उनि  नार्पाभूमि गाउँपालिका वडा नम्बर-२,चामेबाट कम्तिमा १० घण्टाको पैदल दुरीमा पर्ने भिरबाट खजेको   मनाङ्का सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।


अर्यालका अनुसार-शुक्रबार भिरबाट लडेर मृत्यु भएका तामाङको अहिले सम्म शव निकाल्न सकिएको छैन् । शव निकाल्नका लागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थल तर्फ पठाइएको छ ।  


“तीनवटै सुरक्षा निकायका टोली घट्नास्थल तर्फ जाँदै छन् र डोरीमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । अबको केहि घण्टामै युवकको शव निकाल्ने कार्य अघि बढ्नेछ ।’


यार्सा सङ्कलनका क्रममा चोरीडकैती तथा झैँझगडा नहोस भनेर सुरक्षा चनाखो गरिएतापनि भवितब्य रोक्न नसकिने सहायक  प्रमुख जिल्ला अर्यालले बताए ।
मनाङका लेक तथा खर्कहरूमा वैशाख दोस्रो हप्ता बाट यार्सागुम्बा सङ्कलन सुरु भएको थियो । यार्साको समय असार अन्त्य सम्मै रहने गर्छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा एक्यापले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाइन्छ । 


मनाङ सँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । मनाङको नाम्के खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फुलेक लगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन्


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button