प्रहार समाचार । तनहुँ, ८ बैशाख २०८२ सोमवार । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाले देशैभर रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या छिट्टै समाधान हुने बताएका छन्।

आज तनहुँको सदरमुकाम दमौलीमा आयोजित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासी सम्बन्धी स्थानीय तह तथा सरकारवालासँगको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा तनहुँका १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सरोकार वलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका विज्ञ सदस्य डा. जगत बस्नेत, केन्द्रीय सदस्यहरु अनिल कृष्ण प्रसाइँ, आरती भण्डारी, पालिकाका प्रमुखहरु लगायतले लगायतले आआफ्नो धारणा राखेका भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्कीले बताए ।
यसैबिच तनहुँनुका १० वटा पालिकाहरूमध्ये तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी ६ हजार ४८ अव्यवस्थित बसोबासीहरू रहेको पाइएको छ। यस्तै भूमिहिन दलित ५ सय ६५, भूहिन सुकुम्बासी ५ सय ७० रहेको आयोगले जनाएको छ। यसै गरि आयोगका अनुसार तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा ३२ लाख ६० हजार वर्गमीटर जग्गा नाप जांच भएको छ। त्यसै गरि भानु नगरपालिकामा २१ लाख ३० हजार, आँबुखैरेनी गाउँ पालिकामा ३२ लाख ९० हजार, शुक्लागण्डकी नगरपालिकामा १५ लाख ५७ हजार ८ सय वर्गमीटर जग्गा नापजांच गर्ने काम भएको आयोगले जनाएको छ ।

तनहुँ जिल्लामा भूमिहिन दलित ८ सय ५५, भूमिहिन दलित १ हजार ६ सय ३९ र अव्यवस्थित बसोबासीहरु २० हजार ६ सय ९९ रहेको आयोगको तत्याङ्कमा उल्लेख छ। कार्यक्रम भूमि आयोग तनहुँका अध्यक्ष गोविन्दराज सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो ।
























