हेडलाईनविचारप्रदेश

‘व्यवस्था जे आए पनि, सोच नफेरिए फेरि लुटतन्त्र नै फर्किन्छ ।’ – खनाल

नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले व्यवस्था जे आए पनि, सोच नफेरिए फेरि लुटतन्त्र नै फर्किने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘नेपालमा समय–समयमा धेरै किसिमका राजनीतिक व्यवस्था आएका छन्—राजतन्त्रदेखि गणतन्त्रसम्म, पञ्चायतदेखि संघीय लोकतन्त्रसम्म। व्यवस्था फेरिए, सरकार फेरिए, नेताहरू फेरिए—तर परिवर्तनको सार्थक अनुभूति आम जनताले अझैसम्म गर्न सकेका छैनन्।’

खनालले प्रश्न उठ्छ—किन? भनेर प्रश्न गर्दै लेखेका छन्-

‘जवाफ स्पष्ट छ: हामीले व्यवस्था त फेरेँ, तर मानसिकता उही पुरानै रह्यो। सोचाइमा सुधार नभएसम्म, ब्यवस्था जति नै फेरिए पनि परिणाम उस्तै रहन्छ। आज पनि भ्रष्टाचार, रिश्वत, नातावाद, र पार्टीमुखी प्रवृत्ति मौलाउँदै गएको छ। सत्ता परिवर्तन हुन्छ, तर लुटतन्त्र फेरि-फेरि फर्किन्छ, नयाँ अनुहारमा, नयाँ शैलीमा।’

‘जबसम्म हामी—जनता, नेता, कर्मचारी, व्यवसायी, सबै-आफ्नो आन्तरिक सोच र जिम्मेवारीबोध परिवर्तन गर्दैनौं, तबसम्म कुनै पनि प्रणालीले मुलुकलाई समृद्धि तर्फ डोर्याउन सक्दैन। आज पनि थुप्रै मानिसहरू पद पाउने बित्तिकै आफ्नो हैसियतको दुरुपयोग गर्न पुग्छन्। जनता सेवा होइन, आफ्ना झोला भराउने प्रतिस्पर्धा चल्छ।’

‘व्यवस्था मात्र परिवर्तनले होइन, सोचको क्रान्तिले देश बदलिन्छ। शिक्षित जनशक्ति विदेश पलायन भइरहेका छन्, तिनले यही देशमा अवसर देख्न सकेका छैनन्। अर्कोतिर, नेतृत्व तहमा बसेकाहरूले जनताको भावना बुझ्नभन्दा आफू अनुकूलको ‘सिस्टम’ बनाउने ध्याउन्नमा छन्।

अब पनि ढिलो भइसकेको छैन। हरेक नेपालीले आफ्नो स्थानबाट सोच परिवर्तन गर्ने हो भने, नेतृत्वको स्तरमा परिवर्तन आइसक्नेछ। सरकारी जागिरे होस् वा नेता, व्यवसायी होस् वा सर्वसाधारण—सबैले “देशको लागि के दिन सक्छु?” भन्ने सोच राख्न थाल्नुपर्छ।’

यति कुरा नबुझे फेरि पनि ठगिने छौं, फेरि पनि लुटिनेछौं। फेरि पनि उही लुटतन्त्र, नयाँ आवरणमा।’

उनले अन्त्यमा लेखेका छन् – ‘अवको आन्दोलन केवल सडकमा होइन, हाम्रो सोचमा हुनुपर्छ। अनि मात्र देशको रूपान्तरण सम्भव छ – वास्तविक रूपमा, स्थायीत्वका साथ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button