हेडलाईनसमाचारप्रदेश

शैक्षिक गतिविधि सहज बनाउन प्राज्ञिककाे माग

प्रहार समाचार । काठमाडौं, ८ बैशाख २०८२ सोमवार।प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विगत १९ ओैँ दिनदेखि आन्दोलनरत शिक्षकहरकाे न्याेयाेजित मागहरूलाई यथाशीर्घ्र सम्बाेधन गर्न माग गरेको छ .

विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. दयाराम भुसाल र महासचिव दिनेश कार्की द्वारा संयुक्त रूपमा हस्ताक्षरित हिंजो जारि विज्ञप्तिमा १९ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूलाई वेवास्ता गर्दै शिक्षकहरूकाे जयज माग पूरा गर्न सरकार गम्भीर नबनेकाे जनाउँदै शिक्षकहरूकाे आन्दोलनलाई सम्बाेधन हुने गरि जायज मागहरू पूरा गरेर सहज शैक्षिक गतिविधि सञ्चालन गर्न सरकार समक्ष ध्यानाकर्षण गरिएको छ ।

‘प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले वारम्बार स्पष्ट नीतिसहित शिक्षा विधेयक छिटोभन्दा छिटो लागु गर्नुपर्ने, शिक्षण पेसाप्रति विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षकको न्यायोचित तलब सुविधा उपलब्ध गराइनुपर्नेजस्ता विषयमा वारम्बार सुझाव तथा ज्ञापनपत्र दिई सरोकारवालाहरूको ध्यानाकर्षण गराइरहेको छ ।’- विज्ञप्तिमा भनिएको छ ।

नयाँ शैक्षिक सत्र प्रारम्भ गर्नु पर्ने समयमा यसरी निरन्तरको शिक्षक आन्दोलनले गर्दा नयाँ विद्यार्थी भर्ना अभियान प्रभावित भइरहनु, समयमा कक्षा सञ्चालन हुन नसक्नु, एसइईको उत्तरपुस्तिकाको जाँचमा ढिलाइ हुनु, कक्षा १२ को परीक्षामा सहभागी हुने लाखौँ विद्यार्थी अन्योलमा रहनु आदि कारणले समग्र शैक्षिक शत्र र विद्यालय शिक्षा प्रभावित हुने परिस्थिति सिर्जना भइरहेको छ । जसले विद्यार्थी, शिक्षकसँगै समग्र शिक्षाक्षेत्रकै भविष्यमाथि प्रश्नचिह्न खडा भइरहेको छ। तसर्थ १८ महिनासम्म पनि विचाराधीन अवस्थामा नै राखिएको विद्यालय शिक्षा ऐन संशोधन गरी लागु गर्न र यथाशीघ्र विद्यालयस्तरमा शैक्षिक गतिविधि पुनः सुचारु गर्ने परिषद्ले नेपाल सरकारलाई अपिल गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button