हेडलाईनसमाचारगण्डकी

माइक्रोबस र स्कुटर ठोक्किदा तनहुँमा दुई जनाको मुत्यु

प्रहार समाचार । तनहुँमा आज भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

काठमाडौबाट लमजुङको बेसीशहर आउदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रे तर् आउँदै गरेको  जादै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुँदा स्कुटरमा सवार बेसीशहर ८ बस्ने अनिता थापा श्रेष्ठको घटना स्थलमै मुत्य भएको प्रहरीले जनाएको छ । यस्तै  माइक्रोबसमा सबार मनाङका मन घलेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।


प्रहरीका अनुसार घाइते १५ जनामध्ये ३ जनाको चितवन मेडिकल कलेज रिफर गरिएको र अन्यको लमजुङ र तनहुँमा उपचार भैरहेको जनाइएको छ।
दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button