प्रहार समाचार । तनहुँ, २ बैशाख २०८२ मङ्गलवार । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिविको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. के सीलाई तीन महिनाका लागि आज जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।


























