प्रहार समाचार । तनहुँ, २ बैशाख २०८२ मङ्गलवार । राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लगण्डकी नं. ८ को वडा अधिवेशन सम्पन्न आज सम्पन्न भएको छ।

उक्त अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु कत्ति पनि बिचलीत नभई राष्ट्र, राष्ट्रियता, संघियताको खारेजी, हिन्दु धर्म र राजा सहितको राजसंस्था पुनरस्थापनाको बाटोमा अगाडी बढ्न निर्देशन दिए ।

त्यस अबसरमा केन्द्रीय सदस्य शंकर खराल, तनहुँ जिल्ला अध्यक्ष विनोद घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उधिवेशनले चित्र बहादुर प्रधानको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा क्रमश : चन्द्रकान्त भट्टराई, देव बहादुर महत, हुम बहादुर बानियाँ र सावित्री सुवेदी निर्वाचित भएका छन् । समितिको सचिवमा रवीन्द्र भण्डारी, कोषाध्यक्षमा नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन्।
समितिको सदस्यहरुमा क्रमश: नरेन्द्र प्रताप महत, बोधराज गैरे, राजेन्द्र पौडेल, लोक बहादुर बानियाँ, धन बहादुर पौडेल, हरिश्चन्द्र महत, दिल्ली राम तिम्सिना, लाल बहादुर थापा, दत्त भट्टराई, चक्र बहादुर श्रेष्ठ, कैलाश महत, सूर्य मानन्धर, डोल बहादुर मल्ल, उपेन्द्र पाण्डे र झम्क नाथ पाण्डे निर्वाचित भएको पार्टीले जनाएको छ। छ


























