हेडलाईनसमाचारदेवघाटगण्डकीमनोरञ्जन

तनहुँको बन्दीपुरमा रहेको खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण

प्रहार समाचार । तनहुँ, २ बैशाख २०८२ मङ्गलवार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पर्यटकीय गन्तव्य स्थल  एवं ऐतिहासिक नगरी बन्दीपुरमा रहको  खड्गदेवी मन्दिरमा  नयाँ गहना अर्पण गरिएको छ। धार्मिक विधि तथा पूजापाठका बीच सुन र चाँदीले बनेको गहना देवीलाई अर्पण गरिएको हो।

गहना नारायणगढ निवासी ध्रुबकुमार प्रधान र श्रीमती रामप्यारी प्रधानले आफ्ना दिवंगत आमा स्व. ऋद्धीकुमारी प्रधान र बुबा स्व. सूर्यकुमार प्रधानको स्मृतिमा अर्पण गर्नुभएको हो। मूलत: बन्दीपुर–२, चण्डेनी घर बसोबास गर्ने प्रधान दम्पतीले सम्पूर्ण परिवारसहित खड्गदेवीलाई गहना अर्पण गरेका हुन्।

सो अवसरमा चण्डीपाठ, रूद्री होम, प्राण प्रतिस्थापन लगायत सम्पूर्ण पूजाविधि सम्पन्न गरिएको थियो। पूजापश्चात देवीको टिका र प्रसाद ग्रहण गर्न भक्तजनहरूको ठूलो उपस्थिति देखिएको थियो।

गहना औपचारिक रूपमा खड्गदेवी माई पूजा सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ। यस गहनालाई प्रत्येक वर्ष दशैंको फुलपातीका दिन देवीको बजार परिक्रमाको क्रममा र विजया दशमीसम्म देवीलाई सजाउने प्रचलन रहेको  छ।

कार्यक्रममा प्रधान परिवार, मन्दिरका पुजारी, खाँडे मगर पुजारी, समिति सदस्यहरू तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरू सहभागी भएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button