हेडलाईनसमाचारप्रदेश

सरकारी अस्थायी र करार कर्मचारीहरु पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

प्रहार समाचार । काठमाडौँ, २ बैशाख २०८२ मङ्गलवार । नेपालका सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारीहरुले  सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

नयाँ वर्ष २०८२ को पहिलो दिन हिंजो बैशाख १ गते राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । 

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्ने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button