हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : एक प्रदेश बाहेक अरु प्रदेशमा वर्षा हुने

प्रहार समाचार । काठमाडौँ, २ बैशाख २०८२ मङ्गलवार । अहिले नेपालमा  पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जस्काकारण आज एक प्रदेश बाहेक अरु सबै प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य केही स्थानमा पनि  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने काठमाडौंमा पनि आज दिउँसो एक/दुई स्थानमा अपराह्न र साँझतिर हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button