हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

काठमाडौँमा आज गहना खोज्ने जात्रा

आज गहना खोज्ने जात्रामा स्वागत छ सबैलाई भन्दै ( नरः (हाँडीगाउँ) मा )भन्दै काठपाडौँ महानगरका प्रमुख बालेन शाह (बालेन्द्र ) ले सामाजिक सञ्जालमा लेखेका छन् –

‘हाँडीगाउँको जात्राको प्रसङ्ग आउनेबित्तिकै ‘कहीं नभएको जात्रा, हाँडीगाउँको’ भनेर मानिसले सम्झने/बुझ्ने गर्छन् । वास्तवमा अस्तिदेखि हुँदै गरेको र आज मुख्य दिन रहेको गहनापोखरीको जात्रा त्यो होइन, अलग हो । ‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।

आज हुने जात्रा किराँतकालबाटै चल्दै आएको हो र गहनापोखरी यो जात्राको केन्द्र हो । खटमा टुँडालदेवी (जसलाई वैष्णवीदेवी पनि भनिन्छ) राखेर यही पोखरीमा तीनपटक घुमाइन्छ । नेपालभाषामा यस जात्राको बखान यसरी गरिन्छ– नरः (हाँडीगाउँ) मा तिसाः मालिगु जात्रा (गहना खोज्ने जात्रा) हुँदैछ ।

त्वरंः अजिमा (वैष्णवी टुँडालदेवी) को मूर्तिलाई खटमा राखेर तिसाः मालिगु पुखु (गहना पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ । ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ । त्यसदिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ । त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button