हेडलाईनप्रदेश

सम्पादकीय : नयाँ वर्ष २०८२ सालको शुभकामना

२०८१ सालको समापन सङ्गै आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ। मनै सिरिङ्ग पार्ने र स्मृति पटलबाट हटाउन नसकिने  ठूलो जन धनको क्षति पुऱ्याएको २०७२ सालको भूकम्प, सयौंको सङ्ख्यामा ज्यान लिएको  २०७९ को कोभिटको महामारी, र पछिल्ला वर्षहरूको राजनीतिक अस्थिरता झेल्दै हामी २०८२ सालमा प्रवेश गरेका छौं। नयाँ वर्ष भनेको केवल पात्रो फेरिएको दिन मात्र होइन, यो आत्ममूल्याङ्कन, सुधार र नयाँ सोच, विचार र सकारात्मक सोचको यात्रा सुरु गर्ने सुअवसर पनि हो ।

नयाँ वर्षले आशा, भरोसा र परिवर्तनको सन्देश दिन्छ। विगतका गल्तीबाट पाठ सिकेर, भविष्यका लक्ष्य तय गर्ने बेला पनि हो यो । हामी व्यक्तिगत रूपमा होस् या सामूहिक रूपमा – नयाँ सोच, सकारात्मक सोच र राष्ट्रभक्ति प्रति समर्पित प्रयासमार्फत समाजमा परिवर्तन ल्याउन सक्छौं र देश बदल्न सक्छौँ भनेर अगाडी बढ्नु पर्ने वर्ष पनि हो यो नयाँ वर्ष ।

यस वर्ष, देशको राजनीतिक स्थायित्व, शिक्षा र स्वास्थ्यमा सुधार, युवा रोजगारी र सामाजिक न्यायका पक्षमा ठोस काम हुने अपेक्षा गरौं। केवल गुनासो मात्र गर्ने होइन, आफैं केही गर्ने प्रण गरौं, भएन, भएन, भएन भनेर हुन्छ र ? यै देशमा पनि केहि गर्न सकिन्छ, हुन्छ र गर्नु पर्छ भन्ने भावनाले बटुल्ने  वर्ष पनि हो नयाँ वर्ष ।

नयाँ वर्ष २०८२ साल सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको सन्देश लिएर आओस् भन्ने शुभकामनासहित – नयाँ सोच, नयाँ दिशा र नयाँ गति ल्याउने वर्ष बनोस् यो नय वर्ष । देशमा मौलाएको भ्रष्टाचारको अन्य, देशले नै धान्नै नसक्ने अवस्था देखिएको प्रदेश सरकार माथि उठाइएको  बर्गेल्ती प्रश्नहरु, अनेक बहनामा देखिएका आन्दोलन, पछिल्लो समय देखिएको यूवा जनशक्ति पलायन, गाउँघर रित्तिदैगएको अबस्था, साम्प्रदायिक झडप लगायतका पेचिला प्रश्नहरुको उत्तर पनि नयाँ वर्षले देओस् । नयाँ वर्ष २०८२ को हाम्रा सम्पूर्ण पाठक वर्ग, विज्ञापन दाता, हामीलाई माया गर्ने, सुझाव सल्लाह प्रदान गर्ने सबै सबैमा शुभकामना ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button