हेडलाईनभानुसमाचारगण्डकी

तनहुँको भानु नगरपालिकाले प्रकाशन गऱ्यो  ‘भानु नगरपालिका बुलेटिन’

प्रहार समाचार । तनहुँ, ३१ चैत २०८१ आइतवार । तनहुँको भानु नगरपालिकाले आफ्नो नगरको गतिविधि र सुचना ‘भानु नगरपालिका बुलेटिन’ मार्फत प्रकाशनको सुरु गरेको छ।

नगरको गतिविधि, सुचना र सन्देश  त्रैमासिक रुपमा आफ्नो वेवसाईट मार्फत  प्रकाशन गरी आमनागरिक समक्ष पुर्‍याउने उदेश्यले बुलेटिन प्रकाशन गरिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ‘नगरको गतिविधि आम नागरिकलाई दिनु नगरपालिकाको कर्तव्य हो, त्यसैले नगर बुलेटिन प्रकाशन गरेका हौँ ।’ – नगर प्रमुख त्रिपाठीले भने । 

आफ्नो आधिकारिक पेज मार्फत बुलेटिन प्रकाशन गर्ने तनहुँका पालिकाहरु मध्ये भानु नगरपालिका पहिलो बनेको  छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button