प्रहार समाचार । काठमाडौँ, २७ चैत २०८१ बुधवार । आज देशका दुई प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।

हाल पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव काकारण कोशी र मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बाँकी प्रदेशका थोरै स्थान र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । अपराह्नपछि आज राजधानी काठमाडौँमा हल्का वर्षाको सम्भावना छ ।
भोलि कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


























