हेडलाईनसमाचारप्रदेश

नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन  शैक्षिक हडतालको घोषणा

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । काठमाडौँ, २४ चैत २०८१ आइतवार ।  नेपाल शिक्षक महासंघले शिक्षकहरूको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।

काठमाडौंमा भएको शैक्षिक सडक आन्दोलनमा देशभरका सबै विद्यालय बन्द गरी शिक्षक, कर्मचारीलाई अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनुरोध  गरेका छन् ।

यसका साथै आन्दोलनको “यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरूमा जोडदार आग्रह गर्दछौँ,” महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


“यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।”

शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा गरेतापनि सरकार सँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधवार देखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिइरहेको  छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसइईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button