सुशिल बि. क. (संवाददाता) प्रहार समाचार । तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४ औं साधारण सभा आज दमौलीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले तनहुँ प्राकृतिक रुपमा भरिपुर्ण भएकोले धेरै जसो नदिहरु पर्ने हुँदा तनहुँका बासिन्दाहरुलाई खाने पानीको अभाव नहुने बताए ।

मन्त्री देवकोटाले दमौली बजारमा पानीको अभाव हुन नदिन दमौली खानेपानीका पदाधिकारी पुर्ण रुपमा क्रियाशिल रहेको बताए । गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले खानेपानीको दमौलीमा अझै पनि सहजरूपमा आपूर्ति हुन नसकेको चर्चा गर्दै यस्मा प्रदेश सरकारले ध्यान पुऱ्याउनु पर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेश का पुर्ब मन्त्री दोबाटे बि.क., जिल्ला समन्य समिती का प्रमुख शान्तिरमण वाग्ले, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख शम्भुराज खनाल , नि बर्तमान अध्यक्ष बिर्षराज श्रेष्ठ लगायतले आआफ्नो मनतव्य राखेका थिए ।

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका संस्थाका उपाध्यक्ष विश्वेश्वर सुवेदीले स्वागत तथा सचिब योगिता कायष्ठ श्रेष्ठले सचिवको प्रतिवेदन प्रस्तुत गरिकी थिइन् ।
























