आँबुखैरेनीहेडलाईनसमाचारबन्दीपुरगण्डकी

घुमाउनेको पुल छिटो बन्नु पर्ने माग राख्दै राष्ट्रपति पौडल समक्ष ध्यानाकर्षण

प्रहार समाचार । काठमाडौँ, १५ चैत २०८१ शुक्रवार । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गृह जिल्ला तनहुँका बासिन्दाहरुले अलपत्र परेको घुमाउनेको  पुल निर्माणलाई पुरा गर्न आज ध्यानाकर्षण गराएका छन् ।

तनहुँको आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने त्रिशुलीनदी माथि बन्ने घुमाउनेको पुल ११ वर्ष अघि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि  अधुरो छ  । पुल नबन्दा स्थानीयको दैनिक जीवन कष्टकर भएको भन्दै  बुद्धसिंह मार्गका उपभोक्ताले ध्यानाकर्षण गराएका हुन् ।

पुल छिटो  निर्माणका लागि पहल गरिदिन राष्ट्रपति पौडेललाई बुद्धसिंह मार्ग पुल निर्माण सङ्घर्ष समितिका अध्यक्ष सिद्धबहादुर गर्जा मगर, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर राना, सङ्घर्ष समितिका सचिव कमल गुरुङ, अर्थ सचिव हर्कबहादुर थापा एचबी, सदस्यहरु धनबहादुर गुरुङ, चुमबहादुर थापा, अरुणकुमार थापा, रामबहादुर गुरुङ,  सङ्गत गुरुङ र रेशमबहादुर गुरुङको टोलीले  ध्यानाकर्षण गराएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button