प्रहार समाचार । काठमाडौँ, १५ चैत २०८५ शुक्रवार । सुनको मूल्यले आज अहिले सम्मकै उच्च विन्दु कायम गरेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा १लाख ७६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलरको हाराहारी पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
























