हेडलाईनसमाचारगण्डकी

विश्व जल दिवसको अवसरमा लमजुङमा साइकल र्‍याली

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, १० चैत २०८१ आइतवार । विश्व जल दिवसको अवसरमा लमजुङ जेसीजले साइकल र्‍याली सम्पन्न गरेको भ छ । विभिन्न निकायको सहयोगमा लमजुङ जेसीजले शनिवार साइकल र्‍यालीको आयोजना गरेको थियो ।

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाको मिलनचोकबाट सुरु भएको र्‍यालीको उद्घाटन गर्दै सुन्दर बजार नगरपालिकाका मेयर  कृष्णप्रसाद कोइरालाले स्वस्थ्य जीवनशैली अपनाउनु आजको आवश्यकता रहेको र जल संरक्षणका लागि सचेतना जगाउने कार्यमा यस्ता अभियानहरू महत्वपूर्ण हुने बताए । मेयर कोइरालाले भने- ‘ साइकल चलाउनु मात्र नभई यसले दीर्घकालीन रूपमा वातावरणलाई समेत सकारात्मक प्रभाव पार्छ। “पानी बचाउने,स्वच्छ वातावरण बनाउने र हरित यातायातलाई प्रवर्द्धन गर्ने यो अभियान निकै प्रभावकारी छ ।’ – मेयर कोइरालाले भने ।

लमजुङ जेसीज वर्ष २०२५ का अध्यक्ष प्रतिजंग तामाङको सभापतित्वमा भएको उद्द्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले यो र्‍याली वातावरण संरक्षण, स्वस्थ जीवनशैली अपनाउने, हरित यातायातलाई प्रवर्द्धन गर्ने र पानी जोगाउने महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले साइकल  र्‍यालीको आयोजना गरिएको जानकारी दिए । उनले  डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनहरुको  अत्यधिक प्रयोगले वायु , ध्वनी लगायतमा प्रदुषण बढाइरहेकोले साइकल यातायात प्रवर्द्धन गर्नुले वातावरण संरक्षणमा टेवा पुग्ने बताए ।

सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका हुँदै मर्स्याङदी प्रवेश गरेको र्‍यालीलाई मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्ष जुनामाया थापाले मर्स्याङदीको भुलभुलेमा स्वागत गर्दै शुद्ध र सुरक्षित पानीको उपयोग र व्यवस्थापनमा सबै जिम्वेवार बन्नुपर्ने बताए ।

४० किलोमिटरको साइकल र्‍यालीमा सुन्दरबजार, राइनास र बेसीशहर नगरपालिका अन्तर्गतका ५६ साइकल यात्रीहरूले सहभागिता रहेको थियो ।
र्‍यालीको यात्रा लमजुङको सुन्दरबजार नगरपालिका बाट सुरू भएर बेसीशहर नगरपालिका हुँदै मर्स्याङ्दी गाउँपालिका पुगेर पुनः बेसीशहर नगरपालिकामा आएर सम्पन्न भएको थियो।

कार्यक्रममा लमजुङका विभिन्न संघसंस्थाका प्रतिनिधि, साइकलप्रेमीहरू, स्थानीय युवा क्लबका सदस्यहरू, विद्यालयका विद्यार्थीहरू तथा वातावरणप्रेमी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको र साइकल र्‍यालीमा सहभागि व्यक्तिहरुलाई सहभागिताको प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरिएको लमजुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले जानकारी दिइन् ।

जिल्ला साइकल संघका अध्यक्ष ध्रुवराम प्रधानको विशेष उपस्थती रहेको कार्यक्रमको सहजीकरण लमजुङ जेसिसका कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button