हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

नेपाल शिक्षक महासंघ तनहुँको अध्यक्षमा  कोइराला

प्रहार समाचार । तनहुँ, १० चैत २०८१ आइतवार ।  नेपाल शिक्षक महासंघ तनहुँको अध्यक्षमा चन्द्रमणि कोइराला निर्वाचित भएका छन् ।

दमौलीमा हिंजो सम्पन्न घोषणा सभाले शिक्षक कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो । समितिको सह – अध्यक्षमा इश्वरि प्रसाद ढकाल, सचिवमा  विजय आचार्य, सह सचिवमा रामदत्त पौडेल, सह सचिब (महिला) कल्पना पौडेल निर्वाचित भएका छन्।


समितिको सदस्यहरुमा  क्रमश: दिप बहादुर खत्री,
एकनारायण भन्डारी, हिरामणि ढुङाना, पम्फा देवि श्रेस्ठ, राजु गिरी, विष्णु प्रसाद अधिकारी, दुर्गा देवि  कोइराला, गोम बहादुर राना,  अन्जली चुमान र  बन्धुराज पौडेल निर्वाचित भएका छन्। घोषणा सभामा निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेल (आर सी) ले नव निर्वाचित पदाधिकाहरूलाई बधाई दिंदै देशको समग्र शिक्षा, शैक्षिक उन्नयन एवं शिक्षकको पेशागत हक हितका काम गर्ने विश्वास लिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button