हेडलाईनसमाचारविजनेसप्रदेश

विद्युत् प्राधिकरणलाई पैसा नतिर्ने जगदम्बा स्टिल्सलाई राजनैतिक संरक्षण : १ अर्व ६० करोड बढी बक्यौता तिर्न बाँकी

प्रहार समाचार । तनहुँ, १० चैत २०८१ आइतवार । सन् १९९३ अक्टोबर १ मा स्थापना भई  सन् २०२२ जुलाई १४ मा जगदम्बा स्टिल्स लिमिटेडमा  रूपान्तरण भएको नेपालको यस कम्पनीले  नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख भन्दा बढि रकम तिर्न बाँकी हुँदा पनि तिरेको छैन् ।

प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि उक्त बक्यौता नतिर्नुको पछाडी राजनैतिक चलखेल तथा संरक्षण  रहेको प्रष्टिन्छ ।

बारा जिल्लाको सिमरामा उत्पादन केन्द्र रहेको कम्पनीमा  विभिन्न प्रकारका स्टिल सामग्री उत्पादन गरिन्छ। कम्पनीको कुल वार्षिक उत्पादन क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ। उत्पादन गतिविधिहरूलाई चार प्रमुख समूहमा विभाजन गरिएको छ, जसमा कोल्ड रोल्ड उत्पादनहरू, रोलिङ मिल उत्पादनहरू, वायर उत्पादनहरू र मेल्टिङ उत्पादनहरू समावेश छन्। कम्पनीले नेपालभर ५९० भन्दा बढी आधिकारिक बिक्रेताहरू मार्फत आफ्ना उत्पादनहरू वितरण गरिरहेको छ।

कम्पनीको सञ्चालकहरूमा अनिलकुमार रुंगटा र विशाल पटवारी रहेका छन्, जो सिमेन्ट, निर्माण सामग्रीको व्यापार र पर्यटन व्यवसायमा पनि संलग्न छन्।  उदाहरणका लागि, सन् २०२३ मा कम्पनीको व्यापार ३९ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा, सन् २०२४ मा यो घटेर २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।
यसरी, जगदम्बा स्टिल्स लिमिटेड  एक प्रमुख स्टिल उत्पादक कम्पनी भए तापनि, हालसालै वित्तीय चुनौतीहरू सामना गरिरहेको देखिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button