• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ९ चैत २०८१ शनिवार । लमजुङसङ्ग जोडिएको हिमाली जिल्ला मनाङ र चीनको सिमानामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिने भएको छ ।

सीमा नाका निर्धारण गर्ने उद्देश्यले नार्पाभूमि गाउँपालिका वडा नम्बर-४,को फू गाउँमा बिओपी स्थापना गरिने मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

उनका अनुसार-समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइको सीमामा सहजता र सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको र बीओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रूपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको बताए । उनले सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको जानकारी दिए ।

उनले भने-‘जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नम्बर ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई हस्तान्तरण गरिएको छ। ‘
फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बीओपीमा प्रहरी निरीक्षक सहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी गरिने बताए । उनले बीओपी स्थापना पछि शान्ति सुरक्षा, विपद् व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको जानकारी दिए ।

नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामे बाट दुई दिन लाग्छ । प्रजिअ आचार्यले भने-‘जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नम्बर ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई हस्तान्तरण गरिएको छ।’
फू क्षेत्र मनाङको विकट क्षेत्र हो । हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बीओपीमा प्रहरी निरीक्षक सहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ । आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी गरिने बताए । उनले बीओपी स्थापना पछि शान्ति सुरक्षा, विपद् व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको जानकारी दिए ।
नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । फू गाउँ पुग्न सदरमुकाम चामे बाट दुई दिन लाग्छ ।