हेडलाईनसमाचारगण्डकी

सञ्चारिका समूह लमजुङ शाखाको अध्यक्षमा भट्ट

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ९ चैत २०८१ शनिवार । सञ्चारिका समूह नेपाल लमजुङ शाखाको अध्यक्षमा पुनः बसन्ता भट्ट (बानिया) निर्विरोध निर्वाचित भएकी छन् ।

सञ्चारिका समूह नेपाल लमजुङ शाखाको लमजुङको बेसिशहरमा  हालै  सम्पन्न तेस्रो अधिवेशनबाट रेडियो मर्स्याङ्दीकी समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघ लमजुङकी उपाध्यक्ष  भट्ट बानियाँअध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकी हुन्।

नवगठित कार्यसमितिको उपाध्यक्षमा श्रीकला भण्डारी, सचिवमा खुशिमाया गुरुङ, सहसचिवमा शिला वि.क., कोषाध्यक्षमा सुमित्रा भुजेल रहेका  छन्।
त्यसैगरी सदस्यहरूमा क्रमशः एलिसा  श्रेष्ठ,, लक्ष्मी घले,चियामाया नेपाली र सुधा परियार रहेका  छन्।
नवगठित समितिको पहिलो बैठकबाट थप दुई सदस्य मनोनयन गर्ने तथा सल्लाहकार समिति समेत चयन गर्ने नवनिर्वाचित अध्यक्ष बसन्ता भट्ट बानियाले प्रहार समाचारलाई जानकारी दिईन । भट्टको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button