हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

‘पार्टी भित्र भएका त्रुटिलाई  सच्याउँदै कांग्रेस अगाडी बढ्छ ।’ – महामन्त्री शर्मा 

प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शनिवार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी भित्र भएका त्रुटिलाई सच्याउँदै अगाडी  बढ्नु पर्नेमा जोड दिएका छन् । उनले पार्टीको काम गर्ने शैलि पनि बदल्छौ , देश पनि बदल्छौ भन्ने संङ्कल्पका साथ अगाडी बढ्नु नै अहिलेको आवश्यकता रहेको चर्चा गरे । तस्बिरहरु: प्रहार अनलाईन मिडिया

महामन्त्री शर्माले आज नेपाली कांग्रेस प्रतिनिधि सभा, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, तनहुँको दोस्रो क्षेत्रीय सम्मेलनको शुक्लागण्डकी नगरपालिकाको  दुलेगौंडामा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। महामन्त्री शर्माले पार्टीको महाधिवेशन समयमानै हुने बताउँदै प्रतिस्पर्धाबाट कोहिपनि भाग्न नहुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले जन प्रतिनिधिसंग पार्टीको अन्तरसंवादले नै पार्टीलाई बलियो बनाउने  बताउँदै वार्षिक कार्ययोजना बनाएर अगाडी बढ्नु पर्ने सुझाए ।

कार्यक्रममा नेका तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, प्रशिक्षक प्रमोद गुरागाँई, क्षेत्र नं २ का पार्टी सभापति रामभक्त घिमिरे, उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ, गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, महासमिति सदस्य मायाँ राना, नेका भिमाद नगर  सभापति अरदिन श्रेष्ठ, क्षेत्र नं. १ का सभापति श्याम मौरती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रम क्षेत्र नं २  का सभापति चुडामणि खनालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण सचिव सन्तोष घिमिरेले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button