प्रहार समाचार । तनहुँ, ९ चैत २०८१ शनिवार । पूर्व राजा ज्ञानेन्द्र शाहलाई तनहुँको आँबुखैरेनी बजारमा स्वागत गरिएको छ।

गोरखाको गोरखनाथ मन्दिरको दर्शन गर्न गोरखा जान लागेका पूर्व राजा शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद घर्ती लगायत अन्य नेता तथा कार्यकर्ताहरुले फूल मालाले स्वागत गरेका हुन्।

स्थानिय सर्वसाधरणहरुको पनि बाक्लो उपस्थिति रहेको स्वागतमा ‘राजा आऊ देश बचाऊ’, ‘श्री ५ ज्ञानेन्द्र सरकारको जय’, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाइएका थिए । ज्ञानेन्द्रको सुरक्षार्थ कडा सुरक्षाको व्यवस्था मिलाइएको थियो ।



















