हेडलाईनसमाचारबन्दीपुरगण्डकी

यातायात व्यवस्था कार्यालय स्थापनाका लागि तनहुँका  अधिकारी परिवारबाट तीन करोड पर्ने जग्गा दान

प्रहार समाचार । तनहुँ, ९ चैत २०८१ शनिवार । अहिलेको समाज व्यक्तिगत स्वार्थ तर्क लागिरहेको तथा समाजमा नकारात्मक कुराहरु बढि भइरहेको सन्दर्भमा तनहुँका अधिकारी परिवारले सामाजिक काममा जग्गा दान गरेर उल्लेखनिय र उदाहरणीय काम गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि तनहुँका अधिकारी परिवारले झण्डै तीन करोड पर्ने जग्गा दान गरेका छन्।
स्थानिय  कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकै पाँच रोपनी जग्गा दान गरेका  छन् ।

जिल्ला मालपोत कार्यालय तनहुँमा अधिकारी परिवारले यातायात व्यवस्था कार्यालय डुम्रे को नाममा जग्गा पास गरेर कार्यालय प्रमुख गोपाल ओलीलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् । यसअघि पनि अधिकारी दम्पतीले बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि आठ आना जग्गा दान गरेका थिए ।

“जग्गा दान गर्न पाउँदा निकै खुसी लागेको छ, गाउँ र समाजको सेवाका लागि काम गर्न पाउँदा हर्षित छु”, कृष्णराज अधिकारीले भने । जग्गा यातायात कार्यालयलाई दिएकामा खुशी व्यक्त गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उहाँको कार्यको प्रशंसा गर्दै अतुलनीय योगदानको उच्च कदर तथा सम्मान गरिने बताए ।  अध्यक्ष थापा भन्छन् ‘ समाज बनाउन धन मात्र भएर हुँदैन सकारात्मक सोच र मन पनि चाहिन्छ ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button