प्रहार समाचार । तनहुँ, ८ चैत २०८१ शुक्रवार । पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको आँबुखैरेनी–४ बेनीटारबाट आज गोरखा घर भएका एक यूवा प्रतिबन्धित लागू औषध सहित आज पक्राउ परेका छन्।

पक्राउपर्नेमा गोरखा नगरपालिका–६ हरमटारी निवासी २५ बर्षीय अनिल अधिकारी रहेका छन्। काठमाण्डौबाट गोरखातर्फ आउदै गरेको बा.प्र.०१–००६ ख.३९७६ नम्बरको बसमा सवार अधिकारीले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध बरामद गरिएको हो ।
प्रहीले उनको साथबाट ट्रामाडोल लेखिएको पाँच सय ८८ पत्तामा पाँच हजार आठ सय असी क्यप्सुल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


























