हेडलाईनसमाचारगण्डकी

मनाङको ताल गाँउमा  विपदबाट बच्न साईरन जडान

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ८ चैत २०८१ शुक्रवार ।   लमजुङसँग सीमा जोडिएको हिमालपारिको जिल्ला मनाङको मर्स्याङ्दी नदी किनारमा रहेको  ताल गाउँलाई प्राकृतिक विपदबाट बच्न साइरन जडान गरिएको छ।

ताल गाउँलाई विपदबाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एच.डि.सी.एस.का मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिईन् ।

उनका अनुसार-नासों गाउँपालिका वडा नम्बर-८,को धारा पानीमा राखिएको एस यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्ना साथ साइरन बज्न थाल्ने ठकुरीले बताईन् ।

मानव विकास तथा सामुदायिक सेवा केन्द्रको सहयोगमा २६ लाख रुपैयाँको लागतमा जडान गरिएको यो साइरन मर्स्याङ्दी नदीको पानी सतह खतराको सीमाना पार गरेपछि आफैं बज्ने छ। यो प्रणालीले बाढी तथा पैह्रोको जोखिम हुँदा गाउँलेलाई सचेत गराउने र खतराको संकेत मोबाइल एस.एम.एस.मार्फत पनि पठाइने व्यवस्था समेत मिलाइएको छ।

स्थानीय फुटबल मैदानलाई सुरक्षित स्थलको रूपमा चिनाइँदै विपद् व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरिएको  नासों गाउँपालिका वडा नम्बर-१ का अध्यक्ष मिनराशी गुरुङले प्रहार समाचारलाई जानकारी दिए। गुरुङको अध्यक्षतामा भएको तालिममा सुरक्षाकर्मी, समाजसेवी, स्वास्थ्यकर्मी,जनप्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेको थियो भने एच.डि.एस.नमुना सामुदायिक अस्पताल सुन्दरबजारकी मनोविमर्शदाता शोभा ठकुरीले तालिम प्रदान गरेकी थिइन् ।


तालीमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले साइरन जडान पछि वर्षाको  समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएकोमा  खुशि व्यक्त गर्दै अब गाउँलेहरू वर्षायाममा ढुक्क सँग निदाउन पाउने बताउँदै सहयोगी संस्थालाई धन्यवाद दिएका थिए ।


तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो ।वर्षासङ्गैको बाढीले मर्स्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको वेगमा बगे, कैयौँलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भएका थिए । बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका वडा-१, ताल गाउँका बासिन्दा परेका थिए । ताल गाउँमा ६५ घर छन् ।


मर्स्याङ्दी नदी किनारसँगको बस्ती ताल गाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका ताल गाउँबासीले भने अब विपद् आउनु पूर्व नै सूचना पाउने भएका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button