हेडलाईनसमाचारगण्डकी

लमजुङकी फुटबल खेलाडी  भण्डारीको सम्मानमा  ‘साम्बा’ चोक नामाकरण

• विजय अधिकारी (संवाददाता)  प्रहार समाचार ।  लमजुङ, ८ चैत २०८१ शुक्रवार ।  राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी “साम्बा”को सम्मानमा मर्स्याङ्दी गाउँपालिका वडा नम्बर-९, खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरिने भएको छ ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मर्स्याङ्दी गाउँपालिका वडा नम्बर -९, पामचोकमा जन्मिएकी महिला फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा चोकको नामाकरण गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङले  फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकाबासी धेरै हर्षित भएको भन्दै  पालिकाको मात्र नभएर राष्ट्रको गहनाको रुपमा स्थापित सावित्राको सम्मानार्थ ‘साम्बा चोक’ नामाकरण गर्न लागेको बताए ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सावित्राको योगदानलाई सम्मान गर्न कार्यपालिका बैठकमा सर्वसम्मत सावित्राको फोटो सहितको होलिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामाकरण गर्ने निर्णय गरिएको प्रहार समाचारलाई जानकारी दिए ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गर्ने निर्णयको खुसी ब्यक्त गरिन। उनले भनिन् – ‘आफ्नो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको छ’। ‘यो निर्णय र कामका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।’

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मर्श्याङदीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीय बताउछन् ।


 २०५४ जेठ १० गते मर्श्याङ्दी गाउँपालिका वडा नम्बर-९,पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बाले नेपाली महिला टोलीका लागि हाल सम्म ५० भन्दा बढी गोल गरिसकेकी छन् । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता महिला खेलाडीको  किर्तिमानी समेत  बनाएकी छन्।  भण्डारी  अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनु ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button