प्रहार समाचार । काठमाडौं, ८ चैत २०८१ शुक्रवार । पद्माकन्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थीसंघको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकी नेबिसङ्घकी नेतृ भूपेश्वरी ऐर (भुपि) अध्यक्ष सहित पुरै प्यानलले सानदार बिजय हाँसिल गरेको छ।

पद्मकन्यामा नेपाल विद्यार्थी संघले पुर्णिमा परियारलाई आधिकारिक उम्मेदवार बनाएको थियो । परियार सभापति शेरबहादुर देउवा निकट हुन् भने ऐर महामन्त्री गगन थापा निकट छिन् ।

नेविसंघ भित्र आन्तरिक विवादका कारण दुईजना उम्मेदवार भएपछि अखिल क्रान्तिकारी गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।

तर, अखिलको गठबन्धन सहित सङ्गठनको आधिकारिक उम्मेदवारलाई समेत हराउँदै पुरै प्यानल नै स्वतन्त्र समूहले बिजयी भएर इतिहास रचेको छ। हिंजो सम्पन्न निर्वाचन पछि भएको मत गणनामा अध्यक्षमा भूपेश्वरी ऐर (भूपी)ले ७ सय ३० मतका साथ भारि मतान्तरले विजयी भइन् । उनको निकटतम प्रतिद्धन्दि पूर्णिमा परियारले ३ सय ७९ मात्रै मत प्राप्त गरिन् । त्यसैगरि सचिवमा नेविसंघ स्वतन्त्र समूहकी सन्ध्या बस्यालले ६ सय ९५ मत ल्याएर बिजयी भइन् भने उनको निकटतम प्रतिद्धन्दि विपना न्यौपानेले ३ सय ६१ मत प्राप्त गरिन्।

यसैगरि कोषाध्यक्षमा नेविसंघ स्वतन्त्र समूहकै संकल्पिका थापाले ६ सय ६६ मत प्राप्तगरि बिजयी भइन् भने उनको निकटतम प्रतिद्धन्दि चाँदनी शाहले ४ सय ५ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै सदस्यहरुमा नेविसंघ स्वतन्त्र समूहकै क्रमश: उर्वशी पाण्डेले ६ सय ९४ मत, चेतना नहर्कीले ६ सय ८६ मत, अस्मिता बि. क.ले ६ सय ८० मत, स्वस्तिका विष्टले ६ सय ८० मत, आशु चोधरीले ६ सय ७८ मत, आकृती पाण्डेले ६ सय ७६ मत, निशा कार्कीले ६ सय ७४ मत, र यानसु कटवालले ६ सय ७२ मत प्राप्त गरि बिजयी भएको निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालले बताए । ६ हजार २ सय ३ विद्यार्थी मतदाता रहेको उक्त निर्वाचनमा १ हजार ५ सय ९६ मत खसेको थियो ।


























