हेडलाईनसमाचारभानुबन्दीपुरगण्डकीविजनेसमनोरञ्जन

चौथो डुम्रे संस्कृतिक महोत्सव २०८१ : कलाकारहरुले दर्शकहरुको मन जित्दै

प्रहार समाचार । तनहुँ, १ चैत २०८१ शुक्रवार । तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा कलाकारहरुले दर्शकहरुको मन जितेका छन्। हरेक दिन फरक फरक  राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको मन जितेका हुन्।

महोत्सवको १०औं दिन आज बद्री पंगेनी , सृजना खत्री, मञ्जु बि क. सुकमायाँ गुरुङ, विश्व बुढा परिचार लगायतका कलाकारकाे प्रस्तुति रहने भएको छ । हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई    दर्शककाे मन जित्दै आएकाे महाेत्सव कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए ।

महाेत्सवमा फागुपुर्णिमाकाे अवसरमा हिंजो साँझ लाइभ कन्सर्ट भएको थियो । पछिल्लो समय  चर्चामा रहेको  ब्ल्याकफेदर लाइभ कन्सर्टमा सयौं दर्शकहरूले भरपुर मनाेरञ्जन लिएका कलाकार संयोजक  श्रेष्ठले जानकारी दिए । युवाहरूको चाहनालाई ध्यानमा राखी  लाइभ कन्सर्ट राखिएको थियो ।

यस्तै महाेत्सवमा फरक अनुभवकाे आनन्द दिन ल्याइएको सुनामी पिङ दर्शकहरूकाे राेजाइकाे खेल बनेको छ । यस्तै महाेत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ ।
यस्तै महाेत्सवमा खुला दाेहाेरी प्रतियोगिता समेत भइरहेको छ ।

यस्तै आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।

महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत, स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।

‘व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा’ भन्ने मुख्य नारा सहित फागुन २१ गतेबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन्  ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button