प्रहार समाचार । तनहुँ, २२ फागुन २०८१ बिहीवार । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ काफलस्वँरामा नवौं बागेश्वरी कप २०८१ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता बागेश्वरी युवा क्लबको आयोजनामा आगामी चैत १ गतेदेखि ४ गते सम्म हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिम मध्ये प्रथम हुने टिमलाई ३३ हजार ३ सय ३३ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई २२ हजार २ सय २२ , तेस्रो हुने टिमलाई ११ हजार १सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सान्त्वना हुने टिमलाई ५ हजार ५ सय ५५ नगद सहित प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष नबिन गुरुङले बताए। प्रतियोगितामा उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही १ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १ हजार ५ सय प्रदान गरिने छ ।
बन्दीपुर गाउँपालिका वडा न: ६ काफलस्वँरा खेलमैदानमा हुने उक्त प्रतियोगितामा फागुन २७, २८ र २९ गते भित्र टीम दर्ता गरि सक्नु पर्ने जनाइएको छ। क्लबले टिम दर्ता शुल्क तीन हजार तोकोको छ। खेलाडीहरूको सुविधाका लागि क्लबलले टिम दर्ताका लागि मोवाईल नम्बर ९८४६८४८७४६, ९८२४१९५६४४ र ९८०३०६४८८३ मा सम्पर्क गर्न सकिने जनाएको छ।
























