हेडलाईनसमाचारभानुगण्डकी

दमौली खानेपानी र खानेपानी  तथा सरसफाई डिभिजन कार्यलयद्वारा निवाङ्ग दोभान एवं लिमा खोलाको  अबलोकन

• सुशिल बि क (संवाददाता) प्रहार समाचार । तनहुँ, २२ फागुन २०८१ बिहीवार ।   दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र खानेपानी  तथा सरसफाई डिभिजन कार्यलय तनहुँद्वारा निवाङ्ग दोभान एवं लिमा खोलाको मुहानको अबलोकन बुधबार सम्पन्न भएको छ।

तनहुँ जिल्ला अन्तर्गत ऋषिङ्ग गाउँपालिका वडा नं ७ मा पर्ने स्यालुङ्ग नामक गाउँबाट  करिब ३० मिनेटको पैदल यात्रापछि  पुग्न सकिने उक्त  निवाङ्ग दोभान एवं लिमा खोलाको मुहान अबलोकनकालागि एक टोलि उक्त स्थानमा पुगेको हो।

उक्त खोलाको पानी पिउन योग्य रहेमा दमौली बजारमा ल्याई दमौली बजारमा देखिएको  खानेपानीको समस्या  दीर्घकालीन रुपमा समाधान गर्ने सकिने दमौली खानेपानी तथा सरसफाइ उपभोका संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । यसका लागि संघ तथा केन्द्र सरकारको समेत ध्यान पुग्न जरूरी रहेको उनको भनाई छ।

स्यालुङ्ग गाउँहुदै बग्ने खोलाको  मुहान  पहिचान गर्न तथा पानी पिउन योग्य रहेमा दमौली बजारमा उपलब्ध गराउन सकिन्छ भन्ने उदेश्यले  उक्त अबलोकन गरिएको  खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँका प्रमुख शम्भुराज खनालको भनाई छ।

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बुद्धि मान श्रेष्ठ र खानेपानी तथा सरसफाई डिभिजन कार्यलय,तनहुँका प्रमुख शम्भुराज खनाल, प्राबिधिक टेक बहादुर थापा सहित १६ जनाको टोली उक्त स्थानमा पुगेर पानीको अवस्था अबलोकन गरेका थिए ।

मादी नदीको पानी बोरिङगरि दमौलीको ट्याङ्कीसम्म ल्याउदा मासिक रूपमा विजुलीमा लाखौं खर्च हुने भए पछि उक्त टोलीले त्यस क्षेत्रको पानीको मुहानको अवलोकनमा जुटेको हो । सबै कुराले साथ दिएर उक्त पानी दमौली ल्याउने गृहकार्य अगाडी बढाईने संस्थाका अध्यक्ष श्रेष्ठको भनाई छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button