हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीमनोरञ्जन

शुक्लागण्डकी महोत्सव २०८१ :  बद्रि पंगेनीले नचाए, भिरखोइरेले हँसाए

प्रहार समाचार । तनहुँ , १४ फागुन २०८१ बुधवार । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज लोकदोहोरी गायक बद्रि पंगेनीसँगै गायिका सम्झना लामिछाने, लाली थापा, ज्योती लोहनीले दर्शकलाई नचाए । यस्तै शुक्लागण्डकीका हास्यकलाकार सुरज भिरखोइरेले हास्यव्यङ्ग्यमार्फत दर्शकहरुलाई हसाएर भरपुर मनोरञ्जन प्रदान गरे । 

आज महाशिवरात्री पर्वसँगै सार्वजनिक विदा रहेकाले दर्शकहरुको सहभागिता उत्साहजनक रुपमा रहेको मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए । उनले स्टलहरुमा किनमेलका लागि दर्शहरुको भिडभाड रहेको जानकारी दिए ।

मगर दिवसमा भोली  तनहुँका सबै पालिकाहरुले स्थानीय विदा दिएका छन् । शुक्रवार ग्याल्पो लोसारमा विदा छ । आगामी दिनमा पनि निरन्तर दर्शकहरुको उपस्थिति राम्रो रहने अपेक्षा गरिएको बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा को रहेको छ।  उनका अनुसार विहिवार लोकदोहोरी गायक रवि कार्की, कुमार पुन, सिता परियार, सन्तोष सुवेदी, सुभद्रा श्रेष्ठ लगायतले प्रस्तुती राख्नेछन् । 

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको ओजनामा फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता  सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । 

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button