हेडलाईनसमाचारप्रदेश

आज महाशिवरात्रि पर्व : देशभर आराध्यदेव भगवान शिवको पूजा आरधना गरिंदै

प्रहार समाचार । तनहुँ, १४ फागुन २०८१ बुधवार । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ ।


 

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्वमा देशभरका शिवालय मन्दिरहरुमा पूजा तथा दर्शन गरेर मनाइन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दैछन् ।

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा रातिदेखि नै भक्तजनको भीड लागिसकेको छ । बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोलिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।

मन्दिर परिसरमा रहेको धर्मशालामा साधुसन्तका लागि बस्ने व्यवस्था गरिएको छ । तिलगङ्गासँगै हंशमण्डप, वनकालीसहितका क्षेत्रमा निःशुल्क आवास, भोजन आदिको व्यवस्थापन गरिएको छ । महाशिवरात्रि पर्वकै अवसरमा पशुपनिनाथ  मन्दिर परिसरलाई सिँगारिएको छ ।

उता देश भरका शिवालय मन्दिरहरुमा विहानै देखि भजनको भिड लागेको छ। तनहुँको दमौलीमा रहेको शिव पाञ्चायन मन्दिर, लमजुङको करापुटार महादेव लगायतका मन्दिरहरुमा भक्तालुहरुको भिड लागेको छ। दिउसो पूजा अर्चना गर्ने र आज रातभर जागा रहेर बत्ति बाल्ने प्रचलन रहेको छ। लमजुङको करापुटारमा रातै भरि उठेर ठाडो बत्ति बाल्नेहरुको संख्या पनि धेरै नै रहने गर्दछ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button