हेडलाईनसमाचारबन्दीपुरगण्डकीसाहित्य

तनहुँको बन्दीपुरमा तीन दिने राष्ट्रिय साहित्यकार सम्मेलन हुने

प्रहार समाचार । तनहुँ, ११ फागुन २०८१ आइतवार । तनहुँको पुरानो सदरमुकाम  बन्दीपुरमा तीन दिने साहित्यकार सम्मेलन हुने भएको छ ।

पहाडकी रानीको उपनामले चिनिएको ऐतिहासिक एवं पर्यटकीय स्थल बन्दीपुरलाई साहित्यको माध्यमबाट प्रचार प्रसार गर्ने  हेतुले गोरखापत्र सस्थान र  पदमा पुस्ताकालयको आयोजना फागुन १२ गते देखि १४ गते सम्म गरी तीन दिने साहित्यकार सम्मेलन हुने दमौलीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

साहित्यकार सम्मेलनका संयोजक तथा बन्दीपुर स्थित पदम पुस्तकालय अध्यक्ष सुर्दशन प्रधानले ठाउँ चिनाउनको लागि साहित्यको ठुलो महत्व हुने भएकोले बन्दीपुरको बारेमा साहित्यकारहरुले कमल चलाउन भन्ने उद्धेश्य सम्मेलन गरिएको जानकारी दिए ।

प्रधानले भने – ‘देशैभरीका साहित्यकार बन्दीपुर आउन र यसको सुन्दरताको बारेमा लेखुन् भन्ने चाहाना राखेर सम्मेलन गरेका हौं ।’

प्राकृतिक, सामाजिक र सास्कृति, मौलिक र विविधता बन्दीपुरलाई आँखाले देखेर, कुरा सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनेर सम्मेलन गरिएको पदमा पुस्ताकालयका संरक्षक नमस्तेलाल भूमी श्रेष्ठले जानकारी दिए ।  राजा महेन्द्र बन्दीपुरको सौन्दर्यताबाट मोहित भएर गीत लेखेको स्मरण गदै उनले साहित्यले ठाउँ चिनाउन ठुलो महत्व दिने उल्लेख गरे ।  राजा महेन्द्रले ठाउँ विशेषको बारेमा बन्दीपुर र रारातालको सुन्दरताको मात्रै गीत लेखेको उल्लेख गर्दै श्रेष्ठले भने -‘कथा, गीत, कविता, निबन्ध लगायतमा बन्दीपुरको बारेमा लेखियोस् भनेर सम्मेलन गरेका हौं।’

बन्दीपुरको पर्यटन प्रवद्धनको लागि साहित्यिक पत्रिका गोरखापत्र सस्थानको मधुपर्क मासिकमा ठाउँ विशेषशाङ्क प्रकाशित हुने उत्कृष्ट रचना मधुपर्कमा छापिने  पत्रकार सम्मेलनमा जानकारी दिइयो । मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने पत्रकार सम्मेलनमा बताईएको थियो ।

पत्रकार सम्मेलनमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्बतमान अध्यक्ष तथा गीतकार सागर उदासले साहित्यकारले बन्दीपुरलाई चिनाउने काम गरिहरेको उल्लेख गर्दै यस सम्मेलन थप चिनाउने विश्वास व्यक्त गरे ।

साहित्यकार सम्मेलनले ऐतिहासिक  सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष तथा साहित्यकार शंकरराज नहर्कीले त्यस अबसरमा बताए ।

म्याग्दे साहित्य समाजका अध्यक्ष तथा साहित्यकार चन्द्रमणी अधिकारीले बन्दीपुरको इतिहास देखि बर्तमान सम्मका कुरा स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्न यस सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

साहित्यकार सम्मेलनको प्रायोजक बन्दीपुर गाउँपालिका र सह प्रायोजक कुन्ती स्मृति प्रतिष्ठान रहेको छ ।  सहयोगी सस्थाहरु क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् । यस सम्मेलनले बन्दीपुर भ्रमण वर्ष – २०२५ मा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button