हेडलाईनसमाचारप्रदेश

आजको मौसम : तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ११ फागुन २०८१ आइतवार । अहिले देशमा पश्चिमी वायुको प्रभाव रहेको  छ। आज दिउँसो देशका केही क्षेत्रमा चट्याङसहित हल्का वर्षा हुने भएको छ । उता हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ।


कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button