हेडलाईनसमाचारसाहित्यगण्डकीमनोरञ्जन

गायकहरु महत, आले र दुरा सम्मानित

प्रहार समाचार । तनहुँ,१० फागुन २०८१ शनिवार । नेपाली लोकगीतको सम्बद्धन तथा विकासमा योगदान पुऱ्याउने चार जना गायक तथा गायिका तनहुँमा सम्मानित भएका छन्।

वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत,  गायिका शिला आले र ठाडो भाकाका गायक धम्पुस दुरा र सीता दुरालाई शुक्रबार दमौलीमा सम्मान गरिएको हो ।

उनिहरुलाई व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा व्यास नगरपालिकाको संरक्षणमा दमौलीमा सम्पन्न व्यास नगर बहुजातीय सास्कृतिक महोत्सव २०८१ को समापनका  अवसरमा हिंजो दमौलीमा सम्मान सम्मान गरिएको  थियो ।


व्यास प्रज्ञा प्रतिष्ठानका कुलपति एवं  व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने र भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सयुक्त रुपमा दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरि सम्मान गरिएको हो ।

लोकगीत प्रवद्धनमा देश विदेशमा  पुऱ्याएको  योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गायक महतले जुन ठाउँबाट आफ्नो साङ्गेतिक यात्रा सुरु भएको थियो त्यही ठाउँबाट सम्मान पाउँदा गर्व लागेको बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button