हेडलाईनसमाचारबन्दीपुरगण्डकी

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको  विमलनगर देखि नयाँ पुल सडक खण्ड आंशिक रूपमा बन्द हुने

प्रहार समाचार । तनहुँ, ९ फागुन २०८१ शुक्रवार । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने यातायात व्यवस्था कार्यालय विमलनगर चुन पहरा देखि नयाँ पुल सडक खण्ड आंशिक रूपमा बन्द हुने भएको छ।

बन्दिपुर गाउँपालिका -४, चुनपहरा स्थित सडक निर्माणको कार्यलाई तिब्रता दिनको लागि आज देखि चैत ९ गते सम्म एक महिनाको लागि ५ सय मिटर सडक खण्डमा आवश्यकता अनुसार ४५ मिनेट देखि एक घण्टा सम्म आंशिक रूपमा बन्द हुने मुग्लिन – पोखरा सडक योजना (पूर्वी खण्ड)ले सूचना प्रकाशित गरि जनाएको छ ।

सूचनामा भनिएको छ -‘यसरी आंशिक रुपमा सडक बन्द गरिने अवधिमा साना सवारी साधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग (विमलनगर  – मर्स्याङ्दी पुल, कुमाल गाउँ – नयाँ पुल) को प्रयोग गर्नुहुन र ठूला सवारी साधनले सवारी रोक्दा,सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुसार कायम राख्नु हुन, सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरट्याक नगर्नु हुन तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्नुहुन विशेष अनुरोध छ ।’ हेरौं आयोजनाको पत्र :



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button