प्रहार समाचार । तनहुँ, ८ फागुन २०८१, बिहिवार । फागुन र चैत महिना डडेलोको उच्च जोखिमको महिना हो। यस महिनामा धेरै आगजानीका घटनाहरु हुने गर्दछन्। जसका कारण ठूलो धनजनको समेत क्षति हुन पुग्दछ।

यसैको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयकाे सहजिकरण र डिभिजन वन कार्यालय तनहुँ र भिमाद नगरपालिकाको आयोजनामा भिमादमा, घिरिङ गाउँपालिकाको आयोजनामा घिरिङ गाउँपालिकामा र ऋषिङ गाउँपालिकाकाे आयोजना ऋषिङ गाउँ पालिकामा माडढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम आज सम्पन्न सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले सानो हेलचक्राइले ठूलो धन जनको क्षति पुग्ने भएकाले आगलागी तथा डढेलो नियन्त्रणमा स्थानिय जनसमुदायहरु बेलैमा सचेत हुनु पर्नेमा जोड दिए । अन्तर्रक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका अधिकृत , सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रमुख नगर प्रमुख, पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस्तै सहित नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक वन उपभाेक्ता समुका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, सामुदायिक वन उपभाेक्ता महासंघ जिल्ला समिति तनहुँका पदाधिकारी तथा सदस्यहरू लगायतकाे उपस्थिति रहेको थियो ।

त्यस अवसरमा वन डढेलाे राेकथामका उपायहरू, वन डढेलाे विरूद्व अपनाउनु पर्ने सचेतनाहरू, वन डढेलाे लागेमा नियन्त्रणका तरिकाहरू, वन डढेलाे लगाउनेलाई हुने जरिवाना सजाँयहरूवारेमा जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

त्यस अवसरमा उपभाेक्ता समुहहरूले सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने , डढेलाे निभाउने औजारहरू खरिद गर्नु पर्ने बताइएको थियो । साथै नेपाली सेनाबाट डढेलाे लगायतकाे विपदमा प्रयाेग हुने औजारहरूकाे प्रदर्शन तथा प्रयाेग गर्ने तरिकाहरूकाे वारेमा जानकारी दिईएकाे थियो ।

भिमाद नगरपालिकामा नगर प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकामा पालिकाकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकामा पालिकाका अध्यक्ष होम बहादुर थापाले कार्यक्रम अत्यान्तै सकारात्मक र सन्देशमूलक रहेको बताएका थिए। उनिहरुले यस्ता सचेतना कार्यक्रमले आगलागी तथा डढेलो नियन्त्रणमा ठूलो मद्दत पुऱ्याउनेमा जोड दिए ।





















