हेडलाईनसमाचारगण्डकीप्रदेशनगरपालिका /गाउँपालिका

आज आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस: मुलुक भर विभिन्न कार्यक्रमका साथ मनाइँदै

प्रहार समाचार । तनहुँ, ७ फागुन २०८१ बुधवार । आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मुलुक भर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यसै क्रममा तनहुँको सदरमुकाम दमौलीमा पनि अहिले बिहानबाट प्रभातफेरी, झण्डोत्तलन, शहिद प्रति माल्यार्पण, रक्त दान , व्यास नगर सरसफाई लगायतका कार्यक्रम साँझ दिपावली गरिने प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।


२प्रहार स
२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर  प्रजातन्त्र दिवस मनाइँदैछ । 

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम का साथ यो दिवस मनाइदै छ। 

नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ । 

आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए । प्रजातन्त्र दिवसको सबैमा शुभकामना ।००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर  प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रम का साथ यो दिवस मनाइदै छ। 

नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ । आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा प दिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए । प्रजातन्त्र दिवसको सबैमा शुभकामना ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button