हेडलाईनसमाचारगण्डकी

पोखराको लेकसाइडमा हुने  कोटिहोम विराट् ज्ञान महायज्ञ २०८१ : श्रीमद्भागवत कथा बाचन लगायत ४० वटा कार्यक्रम हुने

प्रहार समाचार । कास्की, पोखरा, ६ फागुन २०८१ मङ्गलवार । आगामी २०८१ साल  बैशाख १७ गतेबाट जेष्ठ २६ गतेसम्म पोखराको लेकसाइडमा हुने  श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ हुने भएको छ। महायज्ञका संकल्पकर्ता बिजय श्रीकृष्ण मुर्ती महाराजका अनुसार महायज्ञमा प्रमुख रुपमा निम्न गतिबिधि संचालन हुनेछन् :

१. संगीतमय श्रीमद्भागवत कथा बाचन गरिने ।

२. श्रीराम कथा वाचन गरिने ।

३. शिव महापुराण कथा वाचन गरिने ।

४. श्री हनुमत कथा वाचन गरिने ।

५. श्रीमद् देबीभागवत कथा वाचन गरिने ।

६. हजारौंको ब्रतवन्ध, विबाह, चौरासी पूजा, तुलादान जस्ता कर्म गरिने ।

७. प्रत्येक नेपालीको नाममा कोटि दीप प्रज्ज्वलन गरिने ।

८. तिनसय भन्दा बढी ब्राह्मण गुरुहरुद्वारा नियमित हवन गरिने ।

९. लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने ।

१०. एक करोड पार्थिव शिव लिङ्ग निर्माण गरी एक करोड वेलपत्र द्वारा पूजन गरिने ।

११. राष्ट्रिय भजन प्रतियोगिताको आयोजना हुने जसमा उचित पुरस्कार तथा सम्मानको पनि व्यवस्था गरिने ।

१२. कवि तथा सन्त सम्मेलन हुने ।

१३. धार्मिक संघ संस्थाको सम्मेलन हुने ।

१४. विशेष धर्म सभाको आयोजना गरिने ।

१५. एघार हजार कलश पूजन गरिने ।

१६. पच्चीस हजार नरिवल यज्ञभगवान तथा तालबाराही मातालाई भोग लगाएर आम भक्तजनहरुलाई प्रसाद स्वरुप बाँडिने ।

१७. गण्डकी प्रदेशका ३ देखि ९ वर्ष सम्मका हजारौं बालिकाहरुको कन्या पूजन गरिने ।

१८. ७० वर्ष भन्दा माथि उमेर पुग्नुभएका गण्डकी प्रदेशका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिन ।
१९. गण्डकी प्रदेशका एक हजार भन्दा बढी विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गरिने ।
२०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको आगमन हुने ।

२१. रामलीला, कृष्णलीला आदिको प्रस्तुति हुने ।

२२. शालिग्राम पूजन महामहोत्सवको आयोजना गरिने ।

२३. धार्मिक क्षेत्रहरुको चित्र निर्माण गर्ने गरि चित्रकला प्रतियोगिता हुने ।

२४. गण्डकी सभ्यता, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, दामोदर कुण्ड तथा यहाँका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक विषयहरुलाई लिएर वक्तृत्वकला प्रतियोगिता हुने र विजयी हुनेलाई विशेष पुरस्कार तथा सम्मानको व्यवस्था गरिने ।

२५. वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने ।

२६. विभिन्न भजन मंच,  ज्ञान मंच, विचार मंच जस्ता विभिन्न मंचहरुमा अलग अलग कार्यक्रमहरु आयोजना गरिने ।

२७. तण्डुलाचल, धान्याचल पर्वत निर्माण गरिने ।

२८. गण्डकी प्रदेशका धार्मिक संघसंस्था, मठ मन्दिर, आमा समूह आदिका पदाधिकारीहरु तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएकालाई विशेष सम्मान तथा अभिनन्दन गरिने ।

२९. गण्डकी प्रदेशका धार्मिक तथा सामाजिक अभियन्ताहरुलाई सम्मान पत्र, अभिनन्दन पत्र, कदर पत्र, प्रशंसा पत्र आदिले नागरिक अभिनन्दन गरिने ।

३०. शंकराचार्य, जगद् गुरु, विभिन्न अखडाका महन्त, विश्व प्रसिद्ध कथा बाचक एबम बक्ताहरु र धर्म गुरुहरुको आगमन हुने ।

३१. विभिन्न धार्मिक संस्था, गुरुकुल, गौशाला, धर्मशाला, मठमन्दिर आदि संचालन गरी सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेलाई पनि छुट्टै सम्मानको व्यवस्था गरिने ।

३२. गण्डकी प्रदेशका तीर्थस्थलहरुको फोटो प्रदर्शनीहरु गर्दै त्यहाँको महत्त्वका बारेमा प्रचार- प्रसार गरिने ।

३३. हिन्दु, बौद्ध, जैन, किराँत, मष्टो लगायत विभिन्न धर्म सम्प्रदायमा आस्था राख्ने सबैलाई जमघट गरी सनातन संसद, धर्म संसद आदिको कार्यक्रम आयोजना गरिने ।

३४. ठुला ठुला सन्त, महन्त, विद्वान पण्डितहरुको समुह बनाई उहाँहरुको हस्ताक्षरबाट विभिन्न मान, पदवी, उपाधि तथा विभूषण  प्रदान गर्ने ।

३५. गण्डकी क्षेत्र भित्रका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गरी गण्डकी क्षेत्रको बारेमा कुनै पनि कविता, गजल, गीत, भजन, मन्तब्य आदि कुनै पनि विषयमा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कारको व्यवस्था गरिने ।

३६. नेपालका सबै जिल्लाहरुबाट करिव पांच सय भजन समुहको प्रतिनिधित्व हुनेगरि गण्डकी राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गर्ने र  गरी उच्चतम पुरस्कार प्रदान गरिने ।

३७. प्रत्येक घरबाट आफ्नो जमिनको माटो ल्याएर भूमि पूजन गरी दोष निवारण गरिने ।

३८. २१ फिट रुद्राक्षको शिव लिंग निर्माण गरिने

४९. धार्मिक पुस्तकहरुको प्रदर्शनी गरिने ।

४०. दु:ख निवारण तथा मनोकामना पूर्ति यज्ञको आयोजना गरिने ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button