प्रहार समाचार । काठमाडौँ, ३ फागुन २०८१ शनिवार । नेपाल आयल निगमले इन्धनको मूल्यमा घट बढ गरेको छ। पेट्रोलियम पदार्थको मूल्य केही बढेको छ भने डिजेल र मट्टी तेलको मूल्य केही रकम घटेको छ।

आज मध्यरातबाट लागू हुनेगरी पेट्रोल एक रूपैयाँले बढेको छ भने डिजल र मट्टी तेल चार रुपैयाँले घटेको छ।
निगमले यो मूल्य हेरफेर गरिनुको कारणमा इन्डियन आयल कर्पोरेसनबाट आज निकालेको मूल्य सूची अनुसार नै नेपाली बजारमा पनि केही पेट्रोलियम पदार्थको नयाँ खरिदमा १ रूपैयाँ ५८ पैसा वृद्धि भएको छ भने डिजेल र मट्टी तेलमा प्रति लिटर ३ रुपैयाँ ५९ पैसाले घटाएको जनाएको छ ।


























