हेडलाईनव्याससमाचारगण्डकी

विद्यार्थीहरुलाई जनचेतना फैलाउँदै सामुदायिक सेवा केन्द्र दमौली

• सुशिल बि क । प्रहार समाचार । तनहुँ, २ फागुन २०८१ शनिवार ।  तनहुँको  सदरमुकाम दमौलीस्थित दमौली मोडल एकेडेमीमा ८ र ९ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक जनचेतना , लागुऔषध र साइबर अपराध सम्बन्धि चेतनामुलक कार्यक्रम  सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र तनहुँ, जिल्ला ट्राफिक प्रहरी तनहुँ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रहरी नायव निरीक्षक सुमन निउरेले प्रशिक्षण दिदै आजका साझेदार र भविष्यका कर्णधार विद्यार्थीहरु कुलतमा नलागि सुन्दर भविश्य निर्माणमा लाग्नु पर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले आजको सानो हेलचक्राईले भविष्यको सुन्दर जीवन तहसनहस हुने र कुलतमा पुस्न नहुने बताउँदै यस्ता सचेतनामूलक जानकारीहरू विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि राखी  अध्यपन गराउनुपर्ने मा जोड दिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रकाश खड्काले विद्यार्थीहरुलाई  जनचेतना मुलक  कार्यक्रम अत्यावश्यक रहेको चर्चा गरे ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु सह- सचिव हरि बहादुर  कार्की,सदस्यहरु सोमनाथ पौडेल, नानुमाया बस्नेत, विष्णु माया गुरुङ, सपना श्रेष्ठ, ईश्वरी गौली,दमन्ती  गोदार कार्की, सामुदायिक सेवा केन्दका प्रहरी सूर्य के सी, सिर्जना आचार्य पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सरु खड्का लगाएतको सहभागीता रहेको थियो।

केन्द्रका अध्यक्ष गोबिन्द पन्थको सभापतित्वमा  सम्पन्न भएको कार्यक्रमकाे सहजीकरण तारा नरेश पौडेलले गरेका थिए l त्यस अवसरमा ६५ जना विधार्थीको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button