हेडलाईनसमाचारगण्डकी

श्रीगण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ पोखरामा गर्दै मानव सेवा फाउण्डेसन

• शंकरराज नहर्की  । कास्की, २ फागुन २०८१ शनिवार । मानव सेवा फाउण्डेसनले कास्कीको पोखरामा श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट्  ज्ञान महायज्ञ- २०८२ गर्ने भएको छ। कास्कीको लेकसाईड बाराहीचोक नजिकै नेपाल ट्रसको जग्गामा आगामी बैशाख १७ गतेबाट जेठ २६ गतेसम्म उक्त कोटीहोम विराट् ज्ञान महायज्ञ  आयोजना गरिने फाउण्डेसनका सदस्य श्रीराम बानियाले जानकारी दिए ।

उक्त यज्ञमा सय होमन कुण्ड रहने र हरेक कुण्डमा तीन जना ब्राम्हणहरुले ३९ दिनसम्म होमन गर्ने छन्।
जस्का लागि यसै महिनाको १५ गतेबाट प्रचार प्रसारलाई तिभ्रता दिइने र चैत १७ गतेबाट राम कथा बाचन, ठूलो  राशीको भजन प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने भएको बानियाले बताए ।


फाउण्डेसनले ७७ जिल्लामा नै बालबालिका तथा जेष्ठ नागरिकहरुको लागि आश्रम निर्माण गर्ने उद्देश्यले सातवटै प्रदेशमा उक्त कोटिहोम आयोजना गर्न लागिएको बताइएको छ।

फाउण्डेसनले हाल अनाथ बालबालिकाको निशुल्क शिक्षा, आवास, भोजन लगायतको सेवा प्रदान गर्दै ललितपुरमा ‘मामा घर अनाथलय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर अनाथलय आश्रम) गोदावरी-१४, वाँडेगाउँ, ललितपुरमा सञ्चालनमा रहेकाे छ । जहाँ हाल ८५ जना बालबलिकाहरुले निशुल्क शिक्षा- दिक्षा, आवास, खाना लगायतका सुविधाहरु पाएका छन्।

त्यस्तै फाउण्डेसनले चाँगुनारायण -९, भक्तपुरमा ‘छोरीको घर’ जेष्ठ नागरिक आश्रम समेत सञ्चालन गरेको छ ।  जहाँ १५ जना जेष्ठ नागरिक आमा, बुबाहरुलाई  आश्रय दिइरहेको फाउण्डेसनका भिडिया सहयोगी बलराम थापाले जानकारी दिए ।

फाउण्डेशनले विजय कृष्णमूर्ति जी महाराज काउन्डेस( काठमाडौँ), माइतीघर जेष्ठ नागरिक स्याहार तथा संरक्षण केन्द्र( काठमाडौँ), छोरीको घर जेष्ठ नागरिक आश्रम(भक्तपुर), पञ्चकन्या धा एवं गाईघाट क्षेत्र संरक्षण तथा विकास प्रतिष्ठान , नेपाल (तनहुँ) लगायत १० वटा सामाजिक संस्थाहरू संञ्चालन गर्दै आएको जनाएको  छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button