हेडलाईनसमाचारविजनेसप्रदेश

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रहार समाचार । काठमाडौं, १९ माघ २०८१ शनिवार । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।  गए रातीदेखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । मूल्य बृद्धि संङ्गै अब पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ बढि पर्ने भएको छ। 

हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ  काठमाडौंका लागि प्रतिकिलोलिटर डलर ४३ बढाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको १६० रुपैयाँ पुगेको छ।  इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि सोहीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता द्वारा हस्ताक्षतित विज्ञप्तिमा उल्लेख छ । हेरौं निगमको मूल्य सूचि सहितको विज्ञप्ति :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button