हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकामा माघ २२ गतेदेखि छात्राहरूलाई एचपीभी खोप लगाउने

प्रहार समाचार । तनहुँ, १४ माघ २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकामा यहि माघ २२ गतेदेखि छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन सुरु गरिने भएको छ।

व्यास नगरपालिका भित्रका १४ वटै वडाका विद्यालयमा पुगेर विद्यालय जाने ३ हजार ८ सय ९८ र विद्यालय नजाने १० छात्राहरुलाई यो खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए ।

कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यालय जाने र १० देखि १४ वर्षसम्मका विद्यालय नजाने छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

 खोप अभियान सञ्चालन गर्नका लागि सबै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ । वडा गत रूपमा खोप केन्द्रको सूचि र परिचालित स्वास्थ्यकर्मीहरुको विवरण यस प्रकार रहेको छ :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button