प्रहार समाचार । तनहुँ, १३ माघ २०८१ आइतवार । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञान चौरमा रहेको आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयको संयुक्त आयोजनामा दोस्रो खुल्ला मिनि म्याराथन २०८१ हुने भएको छ ।

वार्षिक खेलकुद सप्ताह २०८१ को अवसरमा यहि माघ २१ गते उक्त प्रतियोगिता सञ्चालन गरिने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए।

तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल छाब्दी बाराहीको महत्व र गरिमालाई जिल्लाकै प्रतिष्ठित शैक्षिक संस्थासंग जोड्दै विद्यार्थीहरुमा खेलकुदप्रति उत्साह जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्याम्पस प्रमुख हड्खलेको भनाई छ।

प्रतियोगितामा जिल्लाभरका विद्यालयहरूबाट माध्यमिक तहमा अध्यायन गर्ने छात्र /छात्रा दुबैले भागलिन पाउने छन्।

प्रतियोगितामा पहिलो हुने पुरुष र महिला धावकहरुलाई १०/ १० हजार नगद, मेडल सहित प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो हुनेले ८/८ हजार नागद, मेडल सहित प्रमाण पत्र तथा तेस्रो हुने धावकले ५/ ५ हजार नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने क्याम्पसले जनाएको छ। क्याम्पसले इच्छुक धावक छात्र/ छात्राहरुले यहि माघ २० गतेभित्र आफ्नो नाम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क नलाग्ने पनि जनाएको छ ।


























