प्रहार समाचार । गोरखा, ११ माघ २०८१ शुक्रवार । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.६ ताजु स्थित कुञ्जन छिरिङको बच्चि सहित तीनवटा घर गाई र गोर आगलागीका कारण जलेका छन्।
तस्विर : फाइल फोटो

छिरिङको २ वटा कच्ची घर र भुकम्प पश्चात निर्माण भएको १ वटा टिनले छाएको २ तले कच्ची घर आगलागी भएर जलेको छ। हिंजो साँझ पर अचानक घरमा आगलागी भएपछि घर सहित घरमा पालिएका गाई-८ र गोरू-३ गरी ११ वटा जलेर मरेको प्रहरी चौकी चुन्चेत गोरखाले जनाएको छ।
खाना पकाउने चुलोमा बली रहेको आगो धुँवा घर बाहिर फाल्न प्रयोग भएको फलामको पाईपबाट अचानक काठको बलोमा आगो सल्कन गई आगलागी भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। उक्त आगलागीबाट घर सहित र घर भित्र रहेको लत्ता-कपडा, अन्नपात, भाँडा जली पूर्णरुपमा नष्ट भएको, घरको भुई तल्लामा रहेको १६ वटा गाईहरु मध्ये ५ वटा सकुशल उद्धार गरिएको थियो । आगो प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


























