हेडलाईनव्याससमाचारभानुगण्डकी

मनकामना गणद्वारा छाब्दी बाराही मन्दिरमा  ढुङ्गे धारा निर्माण

प्रहार समाचार । तनहुँ, १० माघ २०८१ बिहीवार । शसस्त्र प्रहरी बल नेपाल नं. २३ गण मनकामना भानुद्वारा तनहुँको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल छाब्दी बाराही मन्दिर परिसरमा कलात्मक  ढुङ्गे धारा निर्माण गरिएको छ ।

गणमा कार्यरत शसस्त्र प्रहरीहरुले तीन दिनमा नै कलात्मक  ढुङ्गे धारा निर्माण गरेको  शसस्त्र प्रहरी निरीक्षक बसन्त जिसीले बताए । 

‘हामीहरुले दिनरात नभनी तिन दिनमा नै धारा निर्माण गरेका हौं ।’- प्रहरी निरीक्षक जिसीले भने ।छाब्दी बाराही मन्दिरमा आउने भक्तजनहरुलाई ध्यानमा राखी सफा, स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ३ वटा ढुङ्गे धारा निर्माण गरिएको हो ।

नव निर्मित ढुङ्गे धाराको गणका शसस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले उद्घाटन गर्दै पवित्र धार्मिक तिर्थस्थलका भक्तजनहरुको सुविधा तथा मन्दिर परिसरको सरसफाइमा टेवा पुग्ने बताए ।



कार्यक्रममा छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापा, कोषका पूर्व उपाध्यक्ष हिमबहादुर रानभाट, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी लगायतकाले उक्त धारो निर्माण भएपछि भक्तजनहरुलाई निकै राहत मिलेको बताएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button